
आज देशभरका अदालतहरु बन्द
२० फाल्गुन २०७७, बिहीबार ०९:१६
काठमाडौं । सर्वोच्च अदालतले बिहीबार देशभरका अदालतहरु बन्द रहने जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन फागुन २० गते बिहीबार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालतल, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक बिदाको रुपमा बन्द रहने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् ।
पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ ७:३० बजे निधन भएको थियो । उनको निधनबाट न्याय र कानुन क्षेत्रमा उपूरणीय क्षति पुगेको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा कार्यरत रहँदा उनले स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यतालाई स्थापित गर्न एवंम न्याय र कानुनका क्षेत्रमा दख्खल राख्ने निर्भिक, सरल र अन्त्यन्त मिलनसार र अनुभवी न्यायिक व्यक्तित्व भएको विज्ञप्तिमार्फत जनाइएको छ ।
सन् १९९८८ साल फागुन ३ गते सर्लाहीमा जन्मिएका पूर्वप्रधानन्यायाधीश सिंहले २०१० सालदेखि सरकारी सेवा प्रारम्भ गरेका थिए । उनी २०५२ असोज १० देखि २०५३ फागुन ३ गतेसम्म सर्वोच्चको प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको