
कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोहका दर्जनौं पक्राउ, हजारौं डोज बरामद
२० फाल्गुन २०७७, बिहीबार ०९:१८
काठमाडौं । इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज नक्कली खोप बरामद गरेको जनाएको छ ।
समाचार बिबिसीबाट साभार गरिएको हो
चीनमा मात्रै नक्कली खोप बिक्री गर्ने ८० जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट तीन हजारभन्दा बढी डोज खोप बरामद गरिएको छ । त्यसैगरि दक्षिण अफ्रिकाबाट तीनजना चिनियाँ र एक जाम्बियन नागरिकसहित दुई हजार ४०० डोज नक्कली खोप बरामद गरिएको छ ।
उनीहरुलाई कुन-कुन मितिमा पक्राउ गरियो भन्ने खुलाइएको छैन । इन्टरपोलले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्कली खोप बिक्री गर्ने अर्को गिरोहसमेत रहेको सूचना प्राप्त भएको जनाएको छ ।
दक्षिण अफ्रिकामा करिब दुई हजार चार सय डोज नक्कली खोप र तीन मिलियन नक्कली मास्क बरामद गरेको हो । एक गोदममा राखिएको प्याकेजहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।
दक्षिण अफ्रिकामा १७ फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । यहाँ नक्कली खोप बिक्री हुनसक्ने अनुमानसहित चिनियाँ गिरोह पुगेको बताइएको छ ।
चीनको कुन कम्पनीले कहाँ उत्पादन गरेको हो भन्ने खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको