
बहराइनका राजपरिवारका सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहण गर्न नेपाल आउँदै
२० फाल्गुन २०७७, बिहीबार १९:०५
काठमाडौं । बहराइनका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहण गर्नका लागि नेपाल आउने भएको छ । मनामास्थित बहराइनका लागि नेपाली राजदूतावासले बिहिबार एक विज्ञप्ति जारी गरी उक्त टोली आगामी चैत २ गते नेपाल आउने भएको जानकारी गराएको छ।
बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको उक्त टोली नेपालमा ७९ दिन रहनेछन् । उक्त टोली विशेष विमानबाट नेपाल आउनेछन् ।
सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकर्स प्रालिले गरिरहेको छ । यसअघी बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफतापूर्वक आरोहण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल
काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ