
सरकार र विप्लव समूहबीच हस्ताक्षर कार्यक्रम सुरु
२१ फाल्गुन २०७७, शुक्रबार १५:१०
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रम सुरु भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा सहमतिमा हस्ताक्षर हुन लागेको हो । सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएको थियो ।
सहमतिमा हस्ताक्षर भएपछि प्रधानमन्त्री र चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार एवं वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिएका छन् ।
सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेको अलग अलग वार्ता टोली गठन गरेका थिए ।
विप्लव शुक्रबार बिहान नवलपुरमा सार्वजनिक भएर काठमाडौं आएका हुन् । यसअघि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग विप्लवले छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडाैं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। सीसीएमसीको आज बसेको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर मुलुकलाई संकटमा
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले काम गर्न नदिएको भन्दै सभामुखको आलोचना गरेका छन् । बालुवाटारमा जारी सर्वदलीय बैठकमा संसदले
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि