
सरकारसँगको सहमति ‘सेफ ल्यान्डिङ’ हो : प्रधानमन्त्री
२१ फाल्गुन २०७७, शुक्रबार १७:३६
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।
सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कुनै हिंसात्मक गतिविधिमा संलग्न शक्ति नभएको दावी गरे ।
विप्लव समूह राजनीतिक मुलुधारमा आउनु फोर्स ल्यान्डिङ, क्र्यास ल्यान्डिङ नभइ सेफ ल्यान्डिङ भएको प्रधानमन्त्री ओलीले बताए ।
उनले भने, ‘यो फोर्स ल्यान्डिङ होइन, क्रास ल्यान्डिङ पनि होइन । यो सेफ ल्यान्डिङ हो ।’
प्रधानमन्त्री ओलीले रातारात नभइ लामो समयदेखिको वार्ताको परिणाम स्वरुप विप्लव समूहसँग अहिले सहमति हुन सफल भएको बताए ।
‘यो रातारात भएको सहमति होइन, यसका लागि विगत एक वर्षभन्दा बढी समयदेखि हामी गम्भीर वार्तामा बस्दै आएका थियौँ ।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक
काठमाडौं- सरकारले जारी गरेको आदेश पालना नगर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा