नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन, ११४ सांसदको हस्ताक्षर


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

सिंहदरबारमा ज्येष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको जनाइएको छ ।

बैठकअघि प्रचण्ड-समूहले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर संकलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्ने प्रचण्ड-नेपाल समूहले ११४ जना सांसदहरुको हस्ताक्षर संकलन गरेको बताइएको छ ।

उता, प्रधानमन्त्री केपी शर्मा ओली समूहले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।


Loading comments...