
दलको नेता चयन भएपछि प्रचण्डले भने – ओलीले राजीनामा नदिए आउने दिन असहज
२१ फाल्गुन २०७७, शुक्रबार १७:४३
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिए आगामी दिन असहज हुने बताएका छन् ।
नेकपा संसदीय दलको नेतामा चयन भएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै उनले ओलीले राजीनामा नदिए आउने दिन झनै असहज हुने उल्लेख गर्दै अविश्वास प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।
उनले भने, “आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनर्स्थापना भइसकेपछि राजीनामा दिनुपर्ने हो । त्यतिमात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ । नभए प्रक्रियामार्फत अघि बढ्छौँ ।”
उनले अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेको उल्लेख गर्दै भने, “अविश्वासको प्रस्ताव ल्याउन ओलीले नै बाध्य पार्नुभयो । संसद् विघटन गर्ने कदमलाई स्वेच्छाचारी भनेर सडकमा गएका दलहरु मिल्नुपर्ने हुन्छ ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै
वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,
काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले