Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ ?

२१ फाल्गुन २०७७, शुक्रबार १७:५४


काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत नै छ । तर के तपाईलाई भृगु संहितामा उल्लेख गरिएको यो विशेष कुराको बारेमा थाहा छ ? यदि छैन भने त्यसको बारेमा हामी तपाईलाई जानकारी दिनेछौँ ।

भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितिबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । केही गरी तपाईको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन । किनभने तपाईको राशी अनुसार पनि भाग्योदयको फल जान्न र थाहा पाउन सकिन्छ ।

कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ ?

मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।

वृष राशि हुनेहरुका लागि २५, २८, ३६ र ४२ मा भाग्य चम्किने कुरा भृगु संहितामा उल्लेख छ ।

मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।

कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुने सम्भावना रहन्छ ।

सिंह राशि हुनेहरुका लागि १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरु उत्तम मानिएका छन् ।

कन्या राशि हुनेहरुका लागि १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरुमा भाग्योदय हुने योग देखिन्छ ।

तुला राशि हुनेहरुका लागि २४ वर्षमा भाग्योदय हुन्छ । यदि २४ वर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।

वृश्चिक राशि हुनेहरुका लागि २२, २४, २८ र ३२ औँ वर्ष अत्याधिक राम्रो मानिन्छ ।

धनु राशि हुनेहरुका लागि १६, २२ वा ३२ औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।

मकर राशि हुनेहरुका लागि २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुनसक्ने कुरा उल्लेख गरिएको छ ।

कुम्भ राशि हुनेहरुका लागि २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।

मीन राशि हुनेहरुका लागि १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुन सक्ने प्रवल सम्भावना रहन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग