Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

यूरोपेली देश युक्रेनले प्राप्त गर्‍यो भारतीय खोप

२२ फाल्गुन २०७७, शनिबार १९:५७


युक्रेन । पूर्वी युरोपेली देश युक्रेनले पहिलो पटक कोभिड–१९ बिरुद्धको खोप प्राप्त गरेको छ । विश्वका धेरै मुलुकहरुले कोभिड–१९ बिरुद्धको खोप प्रयोग गरिरहेका बेला युक्रेनमा भने हालै मात्र पहिलो पटक खोप पुगेको हो ।

स्रोतः फ्रान्स ट्वान्टी फोर

सिरम इन्स्टिच्युट अफ इण्डियामा उत्पादन गरेको अस्ट्रेजेनेकाको पाँच लाख डोज खोप युक्रेनले प्राप्त गरेको हो । बिभिन्न पाँच चरणमा लगाइने खोप पहिलो चरणमा प्राथमिकतामा परेका करिब तीन लाख ६७ हजार मानिसमा लगाइने स्वास्थ्यमन्त्री माक्सिम स्तिपनोभले बताएका छन् ।

पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, दिर्घरोगी, ६० बर्ष माथिका मानिसहरु रहेका छन् । विश्वका अधिकांस मुलुकमा कोभिड–१९ बिरुद्धको खोप लगाइरहँदा युक्रेनमा भने ढिलो भएको भन्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना भएको थियो । उनले भने पश्चिमा मुलुकहरुले पिफाइजर र मोडेर्नाका खोपहरु भारी मात्रामा प्रयोग गरिरहेको कारण आफुहरुले समयमा नपाएको भन्दै खोप उपलब्ध गर्न युरोपियन युनियनलाइ आग्रह गरेका थिए ।

त्यस्तै, विश्व स्वास्थ संगठनले युक्रेनमा ८० लाख डोज कोभाक्स खोप उपलब्ध गर्ने प्रतिबद्धता गरेको छ । युक्रेनले अस्ट्रेजेनेका र नोभाभाक्सको एक करोड ७० लाख डोज खोप ल्याउने बताएको छ । पश्चिमासँग नजिक युक्रेन सरकारले रुसमा उत्पादित स्पुतनीक भी खोप प्रयोग गर्ने आग्रह अस्वीकार गर्दै आएको थियो । स्पुतनीक भी खोप केवल भू–राजनीतिको माध्यम भएको युक्रनको टिप्पणी छ । ४ करोड भन्दा बढी जनसंख्या रहेको यूक्रेनमा हाल सम्म कोभिड–१९ का १३ लाख संक्रमित छन् भने २५ हजार बढीले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन