
भारतको जम्मू–कश्मीरमा आगनवाडी केन्द्रहरु संचालनमा
२२ फाल्गुन २०७७, शनिबार २०:२५
जम्मू–कश्मीर । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण विगत ११ महिना देखि बन्द रहेको रजौरी जिल्लास्थित एक हजार छ सय ६९ आगनवाडी सेन्टरहरु पुनः सुचारु भएका हुन् । भारतका बिभिन्न क्षेत्रहरुमा कोभिड–१९ को प्रतिबन्धहरु खुकुलो भएसंगै रजौरीस्थित आगनवाडी सेन्टरहरु पनि पुनः संचालनमा आएका हुन ।
स्रोतः हिन्दुस्तान टाईम्स
भारत सरकारकारले सन् १९७५ देखि बालबालिका विकास सेवा अन्तरगत ग्रामिण क्षेत्रहरुमा विपन्न बालबालिकाहरुका लागि आधारभूत शिक्षा, स्वास्थ्य, खानाको व्यवस्था गरी आगनवाडी कार्यक्रम सञ्चालन गरिरहेको छ । कोभिड–१९ महामारीका समयमा पनि सेन्टरका कार्यकर्ताहरुले मानिसको घर–घरमा गएर आवश्यक औषधी, खाना प्रदान गरेको रजौरीस्थित आगनवाडी कार्यक्रमका अधिकारीले बताएका छन् ।
कोभिड–१९ महामारीका समय शिक्षाबाट वञ्चित भएका विपन्न बालबालिका तथा अभिभावकहरु आगनवाडी सेन्टरहरु पुनः सुचारु भएपछि खुःसी भएको एक कार्यकर्ताले बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन