Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

के एकपटक प्रयोग गरिसकेको तेललाई पुनः तताएर प्रयोग गर्नहुन्छ?

२२ फाल्गुन २०७७, शनिबार २०:४६


एकपटक प्रयोग गरिसकेपछि तेललाई कुनैपनि बहानामा पुनः तताएर प्रयोग गर्नु हुदैन् ।

तेललाई पटक पटक तताउदा अल्डिहाइड (Aldehyde) नाम गरेको टोक्सिन(Toxin) उत्पन्न हुन्छ । यस्तो तेलको सेवन गरेपछि यसमा भएका टोक्सिन(Toxin) हरुले शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पु¥याउन सक्छ । सूर्यमुखीको तेल, भटमासको तेललाई पटक पटक तताउदा राम्रो Unsaturated Fat नराम्रो Trans Fat मा परिणत हुनसक्छ ।

डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

ट्रान्स फ्याट एक प्रकारको Unsaturated Fat हो, जसले नराम्रो कोलेस्ट्रोल (LDL Cholesterol) लाई बढाएर राम्रो कोलेस्ट्रोल (HDL) लाइ घटाएर मुटुमा ब्लोकेज (Coronary Heart Disease) हुने सम्भावना बढाउछ । ट्रान्स फ्याट चाहिं Saturated animal Fat भन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा रगत जम्ने सम्भावना बढाउछ ।

तेललाई पटक पटक तताउदा एक प्रकारको 4-Hydroxy-Trans-2-nonenal (HNE) नाम गरेको टोक्सिन(Toxin) बन्छ, जसले गर्दा मुटुरोग, स्नायुरोग, कलेजोको रोग, क्यान्सर आदिको खतरा बढ्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो