
गठबन्धन सरकार अस्वीकार गरी कांग्रेसले अब चुनाव राेज्नुपर्छ : कमल थापा
२३ फाल्गुन २०७७, आईतवार १९:२१
राप्रपा अध्यक्ष कमल थापाले गठबन्धन सरकारको प्रस्ताव अस्वीकार गरी कांग्रेसले चुनावको बाटो खोलिदिनुपर्ने बताएका छन् । नेकपाबारे सर्वोच्च अदालतको पछिल्लो फैसलापछि केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको दाबी गर्दै पूर्वउपप्रधानमन्त्री थापाले कांग्रेसले गठबन्धन सरकार बनाउन अस्वीकार गर्नुपर्ने बताएका हुन् ।
अब ओली नेतृत्वको सरकारले विश्वासको मत लिने वा राजीनामा गर्नुपर्ने उनको भनाइ छ । ट्विटरमा उनले लेखेका छन्, ‘नेकपासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ वा राजीनामा दिनुपर्छ । यस अवस्थामा अपवित्र गठबन्धन बनाएर सरकार बनाउन अस्वीकार गरी कंग्रेसले नयाँ चुनावको बाटो खोलिदिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको