
संसद्मा भिम रावलको प्रश्न – प्रधानमन्त्री ओली कुन पार्टीको हो ?
२३ फाल्गुन २०७७, आईतवार १९:३१
काठमाडौं । पुनर्स्थापित संसद्को पहिलो बैठकमा सांसद् भिम रावलले वर्तमान प्रधानमन्त्री कुन पार्टीका हुन् भन्दै प्रश्न उठाएका छन् । सभामुख सापकोटाले मन्त्रिपरिषद्को पुनर्गठनका विषयमा संसद्लाई जानकारी गराउँदै गर्दा भिम रावलले आपत्ति जनाउँदै उनले प्रश्न गरे, “सर्वोच्चको फैसलापछि अहिलेको प्रधानमन्त्री कुन पार्टीका हुन् ?”
मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र पढेर सुनाउँदा भिम रावल आफ्नो स्थानबाट उठेर भने, “नेपाली जनताको ठूलो मूल्यबाट संविधानमाथि पुस ५ गते प्रहार भएको थियो । लोकतान्त्रिक अधिकारहरुलाई सुरक्षा गर्ने सरकारले नै संविधानमाथि प्रहार गरेको छ ।”
उनले आइतबारको पहिलो बैठकमा दिवंगत भएका सांसद् र पूर्वासांसद्हरुप्रति श्रद्धाञ्जली अपर्ण गर्नबाहेका अन्य कार्यसूची रहने छैनन् भन्ने अपेक्षा गरेको भए पनि अन्य कार्यसूची राखिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले प्रश्न गरे,”संसद् मारेर अध्यादेशबाट शासन गर्ने परम्परा कति उचित हो ? अध्यादेशबाट शासन गर्ने प्रतिनिधि सभामाथि प्रहार गर्ने कामको आपत्ति छ ।”
सर्वोच्च अदालतबाट आएको फैसलाले कसको सरकार हो भन्ने प्रश्न उठेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई राजनीतिक, नैतिक, संवैधानिक र कानुनी रुपमा पदमा रहने आधार नभएको समेत उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले
काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता
काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक