Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई एक लाख दिनोस्, आफ्नो नामको कुर्सी राख्नोस् !

२३ फाल्गुन २०७७, आईतवार १९:५१


काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ ।

सोमबार काठमाडौंमा धुर्मुस सुन्तली फाउन्डेसनले पत्रकार सम्मेलन गर्दै रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने जनाएको हो । ३० हजार दर्शक क्षमता रहने भनिएको रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ । आर्थिक संकलनका लागि यो उपाय अपनाइएको हो ।

आयोजक धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरणसमेत सार्वजनिक गरेको छ । फाउन्डेसनले रंगशाला निर्माणको कुल लागत तीन अर्ब ५५ करोड रुपैयाँ रहने जनाएको छ ।

रंगशाला निर्माणका लागि हालसम्म ३२ करोड ३० लाख २४ हजार ३५४ रुपैयाँ संकलन भएको छ । यो लागत रकमको ९.०९ प्रतिशत मात्र हो । ४३ करोड ४८ लाख ६ हजार ३८२ रुपैयाँ खर्च भइसकेको जनाइएको छ । रंगशाला निर्माणमा ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ऋण रहेको फाउन्डेसनले जानकारी दिएको छ । रंगशाला निर्माणकार्यमा सहयोग पुर्‍याउन फाउन्डेसनले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न