
हनुमानको जात के हो ?
१३ पुष २०७५, शुक्रबार ०६:५३
भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भर्खरै पौराणीक चरित्र अनि रामायाणका मुख्य पात्र मध्य एक हनुमान दलित थिए भनेंर उद्घोष गरेका छन् ।
गत नोभेम्बर महिनाको २७ तारिखका दिन राजस्थानको चुनावी दौरमा उनले हनुमान जगंलमा बस्ने अनि दलित रहेको भनी ब्याख्या गरेका छन् । अहिले भारतमा हिन्दुत्वका कुराहरु अनि त्यसमा दलित जनसख्याँलाई समायोजन गर्दै अघि बढ्ने चलन बढेको छ, सत्तारुढ भारतीय जनता पार्टीले भर्खरै भएको चुनावमा केही प्रान्तमा हार बेहोरेपछि अब झनै हिन्दुत्व अनि समायोनका कुराहरु चर्को हुन थालेका छन् ।
सन् २०१४ को चुनावमा हिन्दुत्वका कुरा, त्रिपल तलाखका कुरा अनि बाबरी मस्जिद घटनालाई मुख्य आधार मानेर सत्तामा आएको भाजपा अनि मोदी नेतृत्वको सरकारलाई यसपाला केही नगरेको अनि धेरै चिल्ला बाटा मात्र कुदेको आरोप लाग्न थालेको छ । भाजपाका नेताहरु कहिले राहुल गान्धीको गोत्रका कुराले त कहिले काग्रेसको क्रिस्टियन समर्थनका प्रश्नले चर्चाम आउन थालेका छन् । उता हिन्दुत्व समर्थनका भोटका लागि नै भए पनि राहुल गान्धीको नेपाल भ्रमण, पशुपती दर्शन लगायत अन्य थुप्रै क्रियाकलापहरु चर्चामा छन् । हनुमानका बिषयमा दिएको अभिव्यक्तिका कारण योगी आदित्यनाथ निकै बिवादमा पनि आएका छन् । जे होस् उनले एउटा गज्जबको बिषय भनें उठान गरेका छन् । के हनुमान दलित हुन् ?
यदि हनुमान दलित नै हुन भनें पनि नेपाली परिवेशमा त जात, धर्म या वर्णको बिभाजन बाँकी छैन् तसर्थ हनुमानको नयाँ पहिचानले नेपाली हिन्दुत्व प्रथामा खासै असर गर्दैन । हनुमानका बुवा केसरी बानर सेनाका एउटा बीर सेनापती अनि एतिहासिक योद्धा हुन् । अब जातकै कुरा गर्ने हो भनें जातका निर्धारक तत्वहरुमा ३ कुराहरु महत्वपूर्ण मानिन्छन् । जन्म, हुर्काई अनि कर्म । कर्ण को कुरा गरौं जो जन्मका हिसाबले क्षत्रिय हुन तथापी घोडसवार र घोडाको ख्याल राख्ने मान्छेको परिवारमा हुर्केकाले कर्णले जीवनभर शुध्रका रुपमा पहिचान बनाए । अब रावणकै कुरा गरौं जसको जन्म ब्राह्मण परिवारमा भएतापनि उनी असुर वर्णमा गनिन्छन् ।
हनुमान पनि बानर परिवारमा जन्मेका त हुन् तर उनको गोत्र भनें फरक पाइन्छ । यस हिसाबमा हनुमानको जात निर्धारण गर्न जन्म, हुर्काई अनि कर्मका हिसाबले कठिन छ ।
हामी के भन्छौं भनें सनातन सस्कारमा धर्मका कुरा, जातका कुरा कुनै विभेदका लागि ल्याइएको हैन् । एउटा क्षत्रिय पनि शुध्र हुनसक्ने अनि शुध्र पनि ब्राह्मण हुनसक्ने कर्मको ब्याख्या आफ्नो ठाँउमा छ । ब्राह्मण भनेंकै ज्ञानको खोज हो, यस गोत्र या जातमा कर्म गरेर आउन सक्ने मार्गहरु हुन्छन् । स्वयम भगवान कृष्णले गीतामा अर्जुनलाई भनेका छन् । हनुमानको कुरा गर्दा आज त म हनुमान चालीसाको एउटा चर्चित पंक्तिबाटै शुरु गर्छु ।
हात बज्र ओ ध्वजा बिराजे
काण्धें मुञ्ज जनेउ साजे
झण्डा र बज्र शस्त्र भएका हनुमानको त काँधमा जनै पनि छ त ।
शंकर सुबन केसरी नन्दन
तेज प्रताप महा जगबन्धन
शिवका अवतार, केसरीका पुत्र जस्को साहस र बक्तिको चर्चा विश्वले गर्नेछ
राम दुत अतुलित बलधामा
अन्जनीपुत्र पवनसुत नामा
रामका दुत र अद्धितिय शक्ति भएका अन्जनीका पुत्र र पवनका पुत्र
अब हनुमानको जन्म तर्फ लागौं । हनुमान चालीसाले त उनलाई शंक्रका अवतार, अन्जनी, पवन अनि केसरीका पुत्र भनेर ब्याख्या गरेको छ ।
अब माथिको उन्का जन्मका तथ्यहरुरुले उनलाई दलित त बनाँउदैन् हैन ?
उन्की आजा अन्जना बानर जातकी हुन् । तर फेरि अन्य तथ्यहरु हेर्दा अन्जना अप्सरा हुन जसलाई श्रापको प्रभवले बानर बनाएको हुन्छ । केही तथ्यहरु अनुसार जो बिभिन्न पुराण अनि कथनहरुमा छन् अन्जनालाई भगवान ईन्द्रदेव ले नै श्राप दिएको बताइन्छ भनें अन्यतिर एउटा साधकको साधनामा बाधा हालेकाले उनी श्रापित भएको पाइन्छ । पछि भगवान शकंरको साधनाले उनले हनुमान आफ्नो कोखवाट जन्मने र उनी श्रापमुक्त हुने वरदान पाएकी उल्लेख छ । अन्जनाको कोखमा वायू भगवानले नै शिवजीको विर्य लिएर गएको कथन छ, जसका कारणले शिवका अवतार हनुमान अन्जनाको कोखबाट जन्मन पुगे । अर्को कथन गएर रामायणमा जोडिन्छ जब दशरथले पुत्र प्राप्तीका यज्ञ गरिरहँदा अग्नी देवताले खीर प्रसाद दिएको र त्यस प्रसादको एक भाग चराले लिएर उडेको जुन पछि वायू देवताले अन्जनालाई दिएको पनि मानिन्छ । यसरी जन्म भएका हनुमान जन्मदैं अलौकीक भएको उल्लेख छ ।
यी कुराहरुलाई यहिँ छाडौं जातका निर्धारक अन्य कुराहरुमा लागौं अब । हनुमान चालीसाकै ति अशंहरुमा जनै उल्लेख हुनुअघि हनुमानको हातमा भएका शस्त्रको कुरा गरिएको छ । शस्त्र भएका हनुमान शस्त्रधारी क्षत्रिय हुनुपर्ने फेरि जनै भएक हनुमान ब्राह्मण पनि त हुन् ।
रामायणमा हनुमान र रावणको वार्तालाप विशुद्ध सस्कृतमा भएको तोकिएको छ, उतिवेला सस्कृत त केवल ब्राह्मण र भगवानहरुको मात्र भाषा भएको उल्लेख पनि गरिन्छ । अब ज्ञान र शक्तिका महान पात्र हनुमानको जात निर्धारण अझ भनौं उनी दलित हुन वा हैनन भन्ने कुरा झनै दोधारमा परेको छ ।
अनि उनीसंग भएको झण्डाका कारणले उनीलाई कुनै राज्य वा राजाको वफादार सैनिकको पहिचान पनि दिन खोजेको छ । यसो हुँदा उनी अन्य कुनै जातका पनि हुन सक्ने संभवना त छ तर हनुमानको स्वयम वाक्यमा पनि आफू केवल श्री रामको भक्त भएको आव्हान गरेका छन् ।
वास्तवमा हनुमान कुनै जात या धर्म या वर्णका परिचय बोकेका पात्र हैनन्, उनी यि सबै कुरा भन्दा पर एउटा दिब्य र अलौकीक पहिचान भएका पात्र हुन् । सनातन सस्कारमा जात, वर्ण अनि विभेदको कुरा एउटा सामन्तवाद र शोषण गर्ने आधारका रुपमा मात्रै आएको हो । जातीय विभेदभन्दा सनातन सस्कार धेरै माथि छ, हनुमान मात्र हैन अन्य कुनै पनि पात्र हिजो आज र अबका दिनमा पनि जातका आधारमा विभेदमा परिनु महापाप हो ।
माया अनि समानता नै सबै कुरा हो । सनातन सस्कारको महासागरमा सबै समान छन् अनि सबैलाई स्वागत छ ।
-सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा