विश्वकप क्रिकेटमा नेपाल पुग्दाको कथा : वलियो नेपाल रेडियो धारावाहिक


स्वागत छ सन् २०३९ को विश्वकप क्रिकेटको फाइनल्स म्याचमा । यस अघि धेरैपटक विश्वकप जितिसकेको राष्ट्र भारत र पहिलोपटक विश्वकप क्रिकेटको फाइनल्ससम्म पुगेको देश नेपाल आज भिडिरहेका छन् ।

कोलकाताको एडेन गार्डेन स्टेडियमवाट हल्लाखल्लाका बिच वलियो नेपाल रेडियो धारावाहिक शुरु हुन्छ । चौधरी फाउण्डेशन र वलियो नेपाल पोषण कार्यक्रमको सहकार्यमा यस रेडियो धारावाहिक शनिवारको दिन नेपालका बिभिन्न भागहरुमा बिभिन्न रेडियो स्टेशनहरुवाट प्रसारण भइरहेको छ ।

नेपालको राष्ट्रिय क्रिकेट टिम सन् २०३९ मा कस्तो हुनेछ ? खेलकुदमा नेपाली पुस्ताहरु कसरी वलिया र बुद्धिमान भएर प्रस्तुत हुनेछन अनि यस पछाडिका कारणहरु के के हुनेछन् भन्ने परिवेश यी रेडियो धारावाहिकले देखाउनेछन् ।

भुकम्पमा धरहरा लडेपछिको कथा देखि तराईका फाँटहरु अनि पहाड र हिमालका गाँउवस्तीका कथा अनि रुपान्तरणका शैलीहरु यि रेडियो धारावाहिकमा देखाइएको छ ।

अहिलेसम्म निर्माण भएका रेडियो कार्यक्रमहरुको तुलनामा यि रेडियो कार्यक्रमहरु थप रोचक, प्ररणादायी र मुख्यतया व्यवहार परिवर्तन सञ्चारमा आधारित भएको पाइन्छ । २० वर्ष
पछिको विश्वकप क्रिकेटमा महिला र पुरुष दुबै समावेश हुने प्रावधान भएको कथालाई आत्मसाथ गरिएको छ । नेपालको तर्फवाट पहिलो व्याट्सवुमन एभरेस्ट र अर्का खेलाडी अनवेश क्रिजमा प्रवेश गरेसंगै कथाको शुरुवात हुन्छ । वालवालिकालाई अग्ला, वलिया र वुद्धिमान बनाउन पोषणको भूमिकालाई प्रकाश पार्दै यी रेडियो धारावाहिकले श्रोताहरुलाई पोषणको एउटा नयाँ र सहज आयाम दिने अपेक्षा गरिएको छ ।

दशकौं देखि बिभिन्न गैर सरकारी संस्थाहरुसंग मिडिया कार्यक्रम उत्पादन, परियोजना प्रभाव मुल्याकंनका लागि वलियो श्रोतसंस्था र साझेदार भएको संस्था मिडिया ग्यालरी ले यस कार्यक्रम उत्पादन गरेको हो । कार्यक्रम लेखन अनि निर्देशन सुयोग ढकालले गर्नुभएको हो । ८ वटा श्रृखला निर्माण हुने यी धारावाहिकहरुको पहिलो श्रृखला फाल्गुन २२ गते शनिवारवाट प्रसारण भइसकेको छ । स्थानीय रेडियोहरुमा श्रोताहरुको उल्लेखनीय प्रतिक्रिया र सहभागीता देखिएको रिपोर्ट छ ।

वलियो ११ रेडियो कार्यक्रमले अपेक्षित परिणाम ल्याउन सकोस् । अब सन् २०३९ मा नेपालले विश्वकप क्रिकेट जित्ला या नजित्ला भनेंर बुझ्न चाँही यहाँहरुले कार्यक्रम वलियो ११ नै सुन्नुपर्ने छ ।

लाइभमाण्डु


Loading comments...