Lifestyle Portal
  •   ३० आश्विन २०७८, शनिबार

म नेकपाको साधारण सदस्य पनि हाेइन : प्रधानमन्त्री ओली

२४ फाल्गुन २०७७, सोमबार १७:३९

लोकप्रिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेकपाको साधारण सदस्य पनि नभएको बताएका छन्। अन्तराष्ट्रिय नारी दिवको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले अदालतले आफू कुन पार्टीको भन्ने खुलाएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो मलाई सोध्दै थिए। प्रधानमन्त्री कुन पार्टीको। म आज भन्दै छु अदालतलाई सोध्नुहोस्।’ आफूलाई प्रचण्ड–नेपाल समूहले साधारण सदस्यबाट हटाएको कुरा स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘म नेकपाको साधारण सदस्य पनि हाेइन।’

प्रतिनिधिसभा पुन:स्थापनापछि पहिलो दिन बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्ड–नेपाल समूहले देखाएको व्यवहारको बारेमा टिप्पणी गर्दै उनले भने, ‘धामी नाच नाचेको हो कि, बैठक बसेको हो कि , माननीय भन्ने शब्द प्रयोग हुने व्यक्तिहरुले माननीय शब्दको अनर्थ लाग्ने गरी व्यवहार गरे।’

निर्वाचनमा जान नदिएकाहरुले नै संसदलाई चलाउन नसकेको उनको भनाइ छ। उनले भने, ‘कोही बाहिर गए, कोही नारा जुलुस गर्ने, एसिड आक्रमण विरुद्धको विधेयक पास हुन नदिने सेटिङ मिलाएका हुन्।’

ओलीले आफूलाई संसदको, देशको, सांसदको गरिमाका बारेमा चिन्ता लागेको बताए। ‘मेरै मेख मार्न पनि हिजो चुप्प लाग्न सक्नु पथ्र्याे। हामीले मुद्धा जितेर संसद पुन:स्थापना भएपछि हिजो त चुप लाग्न सक्छु पथ्र्यो। देख्नु भएन हिजोको काम मैले यही हुन्छ भनेर नै संसद विघटन गरेको हुँ।’

महिलाको संम्पत्तिमा पहुँच पु-याउनु पर्ने उनले जोड दिए। श्रीमानबाट तोक आदेश लगाउने भन्दा आफ्नो हिसाबले महिलालाई चल्न दिनुपर्छ। ‘छोरालाई राम्रो बोर्डिङ र छोरीलाई कमशल स्कुलमा पढाउने । यो विभेद छोड्नु पर्छ। आमाहरुको पनि बानी छ छोरा, छोरा भन्ने त्यो कुरा छोड्नु प¥यो। अब आमाले पनि छोरी छोरा भन्न सिक्नु प-यो,’ प्रधानमन्त्री ओलीले भने।

‘महिलाले पनि बोल्न जान्नु हुँदो रहेछ। आज त झिल्का उडाउनु भयो त। यो नारी दिवसका दिनमात्र किन यसो। अरु दिनमा पनि आउनु प-यो। अरु दिनमा किन महिला बक्ता हुँदैनन्। सामाजिक जागरको तह माथि उठाउन सरकारले सचेत प्रयास गर्ने छ,’ ओलीले भने।

हरेकले महिला हिंसा गर्दिन र अरुले गरेको पनि सशन्न किन भने यो असभ्यता हो, यसबाट हामी अलग रहनु पर्छ भन्ने शिक्षा सबैले लिनु पर्ने ओलीकाे भनाइ थियाे।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट

पहिलो हाफको ४९ मिनेटमा भारतका कफ्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने लगत्तै मिड फिल्डर सुनिल सिंह वाङजेमले ५० औं

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा साफ च्याम्पियनसीपको जारी १३ संस्करणको उपाधीका लागि नेपाल तथा भारतको फाईनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा