
बन्ने भयो पाटनस्थित कुमारी छेँ र कुमारी निवास, पुनर्निर्माणका लागि भारतका राजदूतद्वारा शिलान्यास
२५ फाल्गुन २०७७, मंगलवार १५:२८
ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माणका लागि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिलान्यास गर्नुभयो । उक्त समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व संस्कृति मन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्याम किशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवम् समुदाय सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण एवम् विकास प्रभागका अधिकारीहरुको पनि सहभागीता थियो ।
नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले नेरु. ५.८ अर्ब आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाइसकेको छ । सोही प्रतिबद्घता अनुरुप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदा मध्येको कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो । यी २८ वटा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । यी परियोजनाहरुको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले गरिरहेको छ ।
२०७२ सालको भूकम्पले क्षति पुन्याएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुरुप कुमारी छेँ र कुमारी निवासको संरक्षण गरिनेछ । पुनर्निर्माण कार्यमा पुरानो भवनको पुनस्र्थापना गरिनुका साथै भित्ते चित्रको संरक्षण पनि गरिनेछ जसले कुमारी देवीको पूजा अर्चना गर्ने भवनको रुपमा काम गर्नेछ । यसको अलावा हाल कुमारी छेँ भएको स्थानको पूर्वी दिशाको खाली जग्गामा नयाँ भवनको निर्माण गरिनेछ । नेपाल सरकारले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन अनुरुप पुनस्र्थापना र विकास कार्यलाई अघि बढाउनका निमित्त आवश्यक पर्ने प्राविधिक सहयोग भने Indian National Trust for Art and Cultural Heritage (INTACH) ले गर्नेछ ।
‘कुमारी’ भन्नाले जीवित देवीलाई जनाउँदछ जसको पूजा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीयवासीले गर्दछन् । कुमारी संस्कृति भन्नाले काठमाडौं उपत्यकाका बौद्घधर्ममा आस्था राख्ने नेवार समुदायको केन्द्रीय र अद्वितीय परम्परा हो । अब बन्ने कुमारी निवासमा परम्परागत वास्तुकलालाई समेटिएको छ । नेवार समुदायको सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनमा कुमारी देवीको महत्वलाई यी परम्परागत विशेषताहरुले प्रतिकात्मक शैलीमा प्रतिनिधित्व गरेका छन् ।
जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवम् परम्पराको जर्गेना गर्न हेतु नेपालमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र पुनस्र्थापनाका लागि नेपाल सरकारसँग जोडिन पाएकोमा भारत सरकार गौरवान्वित महसुस गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा