
चीनको सिनोभ्याक खोप चिली पुग्यो
२५ फाल्गुन २०७७, मंगलवार २०:३६
सान्टियागो । चीनको औषधि निर्माता फर्म सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप “कोरोनाभ्याक” को पाँचौं खेप चिली आइपुगेको छ । चिली सरकारलाई उक्त खोप हस्तान्तरण गरिएको छ ।
चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिस र अन्य अधिकारीहरुले सान्टियागो विमानस्थलमा चिनियाँ खोप बुझेका थिए । चीनले पठाएको यो खोप पाँचौं पटक हो ।
त्यस अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै स्वास्थ्य मन्त्री पेरिसले चीनबाट उपलब्ध खोपले चिलीका सर्वसाधारणलाई कोरोनाभाइरसबाट सुरक्षित राख्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।चिलीको जनस्वास्थ्य इन्स्टिच्यूटले गत जनवरी २० मा सिनोभ्याकको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
चिलीमा गत फेब्रुअरी ३ बाट सर्वसाधारणलाई खोप दिन थालिएको छ । यसवर्ष पहिलो तीन महिनाभित्र उच्च जोखिममा रहेका भनी पहिचान गरिएका करिब ५० लाख व्यक्तिलाई खोप लगाउने चिलीको योजना छ । उक्त खोप अभियान समाप्त भएलगत्तै अरु एक करोड ५० लाख व्यक्तिलाई खोप दिइने छ ।
दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म ४१ लाख ७६ हजार व्यक्तिले खोप लिइसकेका छन् । त्यसमध्ये झण्डै पाँच लाखले दोस्रो डोज पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अधिकारीहरुका अनुसार हालसम्म चिलीमा आठ लाख ६० हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको र तीमध्ये करिब २१ हजार व्यक्तिको संक्रमणबाट मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य
भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६
एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका
एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध