Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

ब्रिक्स सम्मेलनमा भारतको अध्यक्षतालाई चीनको समर्थन

२५ फाल्गुन २०७७, मंगलवार २२:३३


नयाँ दिल्ली । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था ब्रिक्स (BRICS) को अध्यक्षता यसबर्ष भारतले गर्ने भएको छ। यो बर्षको ब्रिक्सको सम्मेलनमा भारतले अध्यक्षता गर्ने बिषयमा चीनले समेत समर्थन गरेको जनाइएको छ ।

स्रोतः फाइनान्सियल पोष्ट

भारतमा आयोजना हुने ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जीन पिङ पनि सहभागी हुने संभावना रहेको जनाइएको छ । भारत र चीनबीच सीमा क्षेत्रमा जारी तनाबका बीच भारतको आयोजनामा हुन गइरहेको ब्रिक्स सम्मेलनलाई चीनले समर्थन गरेको हो । दुई देशबीच जारी तनावका बावजुद ब्रिक्स सहकार्य महत्वपूर्ण रहेको र सम्मेलनमा भारतको अध्यक्षतालाई चीनले समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबीनले बताएका छन् ।

भारतले आयोजना गर्ने सम्मेलनलाई समर्थन गर्दै भारत र ब्रिक्स सदस्य सबै देशहरुसँग आर्थिक, राजनीतिक सहकार्य बिस्तार गर्न चीन ईच्छुक रहेको पनि वाङले बताए । केही दिन अघि दुई देशले पूर्वी लद्दाख र पश्चिमी तिब्बतको क्षेत्रमा जोडिएको पाङङ ताल क्षेत्रमा सैन्य संलग्नता रोक्ने र सीमा तनाबलाई आपसी समझदारीबाट समाधान गर्ने सहमति भएको थियो। यद्यपी सन् २०१७ मा डोक्लाम क्षेत्रमा भारत र चीनबीच भएको ७३ दिन सम्मको गतिरोध का बाबजुद केही समयपछि चीनले आयोजना गरेको ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी उपस्थित भएका थिए ।

आर्थिक विकासको बाटोमा रहेका र क्षेत्रीय प्रभाव भएका यी पाँच मुलुकको सहकार्य सन् २००९ बाट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको