
रामकुमारीको भावुक ट्विट – शीतको थोपा बनी मुस्कुराइ रहनेछु
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइ दिएपछि एमाले र माओवादी केन्द्रले अलग-अलग गतिविधिहरु सञ्चालन गरिरहेका छन् । सर्वोच्चको फैसालपछि माओवादी केन्द्रभित्र खासै विवाद नदेखिए पनि एमालेभित्र भने चरम विवाद देखिएको छ ।
पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले एमालेको बैठक बोलाउने विषयमा कुनै पहल गरेका छैनन् । यद्पि उनले एकतर्फीरुपमा पार्टीका गतिविधिहरु सञ्चालन गरिरहेका छन् ।
ओलीले बेवास्ता गरेपछि माधव नेपाल समूहले बुधबार आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएर अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका छन् । उक्त छलफल सकिएपछि माधव नेपाल समूहमा रहेकी नेतृ रामकुमारी झाँक्रीले क्रान्तिकारीहरुले बारुदको धुँवा र बादलभित्र पनि भविष्य देख्न सक्नुपर्ने भन्दै भावुक ट्विट गरेकी छन् ।
उनले भनेकी छन्, “प्रिय साथि्हरू, शीतको थोपा बनी मुस्कुराइ रहनेछु । मार्क्सवादीहरूले सुदूरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेका हुन्छन् । क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ ।”