
भीम रावलले भने – स्वघोषित अध्यक्ष कर्ण थापाको गुण्डागर्दीले एमाले फुट्ने भयो
२६ फाल्गुन २०७७, बुधबार २१:११
काठमाडौं । सत्तारूढ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् । उनले घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने मागसमेत गरेका छन् ।
घट्नामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने र एमाले फुटाउने षड्यन्त्र भएकोसमेत बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भने, “स्वघोषित अध्यक्ष घोषणा गरेर बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरे । म यो घट्नाको निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।”
रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग-अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको बताएका छन् । उनले भने, “नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढिनै फैसला दियो । तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं । नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएका छन् । अहिले कम्युनिष्ट पार्टी आन्दोलनलाई क्षतविक्षप्त पार्ने षड्यन्त्र भइरहेको छ ।”
विगतमा जे-जस्तो भएपनि यो आन्दोलनलाई सम्हाल्नुपर्ने र जोगाउनुपर्ने उनले बताए । उनले थपे, “हामीले एमाले र माओवादी केन्द्र पनि अलग-अलग हुँदा आ–आफ्नो पार्टीमा जाँदा, संयमित भएर जाने र काम गर्ने भनिएको छ । कार्यगत एकता गर्ने भनिएको छ ।”
रावलले एमाले केन्द्रीय कमिटी बैठक छिट्टै बस्ने विश्वास व्यक्त गर्दै भने, “त्यो बैठकबाट निर्देशन आउला । विभिन्न कमिटी छन् । ती सबै विधिबाट जान्छन् । अब नयाँ किसिमले जान्छौं । एमाले महासचिव र उपमहासचिवसँग हिजै कुरा गरेको पनि थिएँ । तर, आज सुदूरपश्चिम प्रदेश कार्यालय, सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि । आज विहान साँढे ११ बजे, अकस्मात, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेहरुलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तोडफोड गर्ने काम भयो । हाम्रो भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाइएको थियो । पाँच वटा कुर्सी भाँचेका छन् । म संयोजक थिएँ । मलाई नेतृत्व गर्ने अधिकार दिएको थियो । स्वतः म संयोजक हुँ । एमालेले सुदुरपश्चिम प्रदेशमा मेरो नेतृत्वमा अभूतपूर्व सफलता हाँसिल गर्यो”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा