
राजेन्द्र महतोको प्रश्न – ठग्नेबाहेक अरु काम नगर्ने केपी ओलीलाई समर्थन गर्न जन्मिएको हो हामी ?
२६ फाल्गुन २०७७, बुधबार २१:१५
काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरु सरकारलाई समर्थन गर्न मात्र नजन्मिएको टिप्पणी गरेका छन् ।
बुधबार संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता महतोले आफूहरुले यसअघि नै ओलीलाई समर्थन गरेर फिर्ता गरिसकेका कारण तत्काल यतिकै ओलीलाई समर्थन गरिहाल्ने स्थिति नभएको बताएका छन् ।
उनले प्रश्न गरेका छन्, “केपीलाई समर्थन गरेर हेरिसकेको होइन ? फेरि समर्थन गर्ने ? के हामी यिनीहरुलाई नै समर्थन गर्नकै लागि जन्मिएको हो ?”
उनले शासक सम्भ्रान्तहरुलाई सित्तैमा समर्थन गर्न नसकिनेसमेत उनले बताएका छन् । उनले थपे, “हाम्रा मागहरु पूरा गर्न गर्नुपर्यो नी । माग पूरा गरेमात्रै हाम्रो सरकारप्रति सहानुभूति हुन्छ । रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेस-थरुहटलगायतका मुद्दा फिर्ता, संविधान संशोधनलगायतका मागहरु पूरा गर्नुपर्यो ।”
केपी ओलीले ठग्नेबाहेक अरु केही नजानेसमेत उनले टिप्पणी गरेका छन् । उनले भनेका छन्, “केपी ओलीले ठग्नबाहेक अरु केही जानेको छ ? केपी ओलीको नाउँ लिनहुन्छ ? माग पूरा गर्नुपर्यो नी । कार्यदल त सबैसँग संवाद गर्नका लागि बनाइएको हो ।”
आफूहरुलाई सत्तामा पुग्ने भर्याङ बनाएको तर माग पूरा नगरेको उल्लेख गर्दै उनले भने, “अब माग पूरा गर्नुपर्छ । धोकाधडी चल्दैन । हुन्छ बहादुर भएर हुँदैन अब गर्छुबहादुर हुनुपर्यो ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री
काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ