
बाबुरामले भने- ओली प्रतिगमनका मुख्य खलनायक हुन्, एकमिनेट पनि सत्तामा बसिरहने कुनै तुक छैन
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली एकमिनेट पनि सत्तामा बसिरहनुको तुक नरहेको बताएका छन् ।
जसपा, माओवादी केन्द्र र मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण चलिरहेकै बेला डा.भट्टराईले सर्वोच्चका दुबै फैसलापछि ओली एकमिनेट पनि सत्तामा बसिरहने कुनै तुक नभएको तर्क गरेका हुन् ।
ओली प्रतिगमनका मुख्य खलनायक भएको आरोप लगाउँदै डा.भट्टराईले बुधबार साँझ ट्वीटरमा लेखेका छन्, ‘यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ! किन नबुझेको
?’
अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?