Lifestyle Portal
  •   ६ कार्तिक २०७८, शनिबार

बुढानिलकण्ठस्थित धर्मशालाको पुनर्निर्माण सुरु

२७ फाल्गुन २०७७, बिहीबार २०:०८

काठमाडौंमा अवस्थित बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले र श्री सुशील ज्ञवाली, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले आज संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सो शिलान्यास समारोहमा मन्दिरका मठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष श्री लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव श्री टेक नारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त श्री जय बहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर श्री उद्धव प्रसाद खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष श्री चक्र बन्धु अर्याल लगायत भारतीय राजदूतावास तथा  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो ।

यस धर्मशालाको पुनर्निर्माण भारत सरकारको नेरु ५.८ अर्ब आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापना परियोजना मध्येको तेस्रो परियोजनाको रुपमा रहेको छ । यी सबै २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो भने यसका लागि गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन गर्ने निकायको रुपमा रहेको छ । यस धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

भारतले विगतदेखि नै सांस्कृतिक सम्पदा संरक्षण एवम् पुनर्स्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ । हामीसँग भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने प्रचुर सांस्कृतिक समानता तथा सम्पदा रहेका छन् । यस अघि गत नोभेम्बर २०१९ मा कूल नेरु २.२ करोड को लागतमा बुढानिलकण्ठ मन्दिरका लागि मठाधिस भवनको निर्माण भएको थियो ।

सांस्कृतिक सम्पदाको संरक्षण एवम् पुनस्र्थापनाका लागि नेपाल सरकारसँग हातेमालो गर्न भारत सरकार प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती

आर्थिक महामन्दीले कुनै एक देश वा विश्वको कुनै एक क्षेत्रलाई प्रभावित गर्छ। त्यस देश वा क्षेत्रको अर्थतन्त्रलाई सुस्त पार्छ। त्यहाँका

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न