
नेपालमा प्रयोग भइरहेको खोपले ‘रगत जम्ने समस्या’ गराउँछ ?
२८ फाल्गुन २०७७, शुक्रबार १५:४०
काठमाडौं । नेपालमा प्रयोग भइरहेको खोप अक्सफोर्ड-एस्ट्राजेनेकाले रगत जम्ने समस्या भएको भन्दै विभिन्न मुलुकहरुमा खोप कार्यक्रम नै स्थगित गरिएका छन् ।
नेपालमा अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास र भारतको सिरम इन्स्टिच्युटमा उत्पादन गरिएको खोप प्रयोग भइरहेको छ । नेपाललाई भारतले १० लाख डोज अनुदान दिएको थियो भने थप १० लाख डोज खोप खरिद गरेको थियो । त्यसैगरि कोभ्याक्स अन्तर्गत तीन लाख ४८ हजार डोज एस्ट्राजेनेका खोप पनि नेपाल आइसकेको छ ।
थाइल्यान्डले कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप लगाएकाहरुलाई रगत जम्ने समस्या देखिएको बताइएपछि खोप कार्यक्रम नै स्थगित गरेको छ ।
थाइल्यान्डका प्रधानमन्त्रीले खोप वितरण शुक्रवार उद्घाटन गर्ने कार्यक्रम थियो तर यो हाललाई स्थगित गरिएको छ । डेनमार्क र नर्वेसहित केही देशहरूले यो खोप लगाउने कार्य स्थगित गरेका छन् ।
हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले यो खोप लगाइसकेका छन् । तीमध्ये ३० जनामा रगत जम्ने समस्या देखिएको थियो ।
तर, युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड-एस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत नभएको जनाएको छ । त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ ।
केही देशहरुमा थोरै संख्यामा मानिसहरूलाई खोप लिएपछि रगत जमेको विवरण आएपछि खोप वितरण स्थगित गरिएको थियो । साथै सो खोप लिएपछि इटलीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर ज्यान गएकोसमेत बताइएको थियो ।
“खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै संकेत प्राप्त भएको छैन । खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्,” युरोपेली मेडिसिन्स एजेन्सी (इएमए)ले भनेको छ, “खोपको फाइदा यसका सम्भाव्य जोखिमभन्दा निकै धेरै छ। यी मामिलाहरूको थप अनुसन्धान हुँदै गर्दा खोप दिलाउने काम अगाडि बढाइराख्न सकिन्छ ।”
उसका अनुसार पचास लाख युरोपेलीहरूलाई खोप दिँदा करिब ३० वटा यस्ता मामिला देखा परेका छन् । “नियामक निकायहरूले कुनै पनि नयाँ औषधिलाई अनुमति दिँदा प्रभावकारीता तथा सुरक्षाबारे कडा जाँचबुझ गर्छन्,” कम्पनीका एक प्रवक्ताले बताए ।
बेलायतमा नियामक निकाय एमएचआरएले खोपले समस्या गराएका प्रमाण नभेटिएको जनाएको छ । उसले मानिसहरूलाई पालो आएपछि खोप लिन आह्वान गरेको छ। “रगत जम्ने समस्या प्राकृतिक रूपमै भएको हुनसक्छ र यस्तो समस्या नौलो पनि होइन । बेलायतमा १ करोड १० लाख मात्राको अक्सफर्ड-एस्ट्राजेनेका खोप दिलाइ सकिएको छ,” एमएचआरएका फिल ब्रायनले बताए ।
बीबीसीकी स्वास्थ्य सम्पादक मिसेल रोबर्ट्स भन्छिन् खोप लगायत कुनै पनि अनुमतिप्राप्त उपचारका केही साइड इफेक्ट वा अन्य प्रभाव केही व्यक्तिमा देखा पर्न सक्छ । अधिकांशको हकमा ती प्रभाव सामान्य किसिमका हुन्छन् भने गम्भीर प्रभाव दुर्लभ नै हुन्छ । – बीबीसीको सहयोगमा
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग