
भारतद्वारा सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा कल्भर्ट र ढल निकास निर्माण
२९ फाल्गुन २०७७, शनिबार १९:४३
भारत सरकारको ने.रू. ४२.७८ मिलियनको आर्थिक सहयोगमा सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा बनेको कल्भर्ट र ढल निकासीको उद्घाटन श्री नितेश कुमार, महावाणिज्यदूत, भारत को महावाणिज्य दूतावास, विरगंज र श्री होमनाथ सुवेदी, मुख्य प्रशासनिक अधिकृत,मलंगवा नगरपालिका द्वारा संयुक्तरूपमा गरियो ।
“नेपाल भारत विकास सहकार्य”कार्याक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कल्भर्ट र ढल निकासी निर्माण दुई प्याकेजहरू मार्फत गरिएको छः
(क) खानेपानी चोक देखी नगरपालिका चोक (८०० मि.) सम्म
(ख) शिव सागर चोक सडक देखी विश्वकर्मा चोक सडक (५०० मि.) सम्म
उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो ।
उक्त कल्भर्ट र ढल निकास निमार्णका लागि भारतिय दुतावास, काठमाँडौ र संघिय मामिला तथा सामान्य प्रशासन मंत्रालय अन्तर्गत नगरपालिका कार्यकारीको कार्यालय, मलंगवा नगरपालिका बिच सम्झौता भएको थियो । यो नवनिर्मित नालाले मलंगवा नगरपालिकाको ढल निकासी र सरसफाई प्रणाली बढाउने अपेक्षा गरिएको छ ।
उक्त परियोजनाले मलंगवा नगरपालिकामा रहेको ५०० घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभ पुर्र्याउने छ । यस परियोजनाले नेपाल र भारतबिचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्र्याएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको