Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

११ जनाको हस्ताक्षरसहित नेपाल समूहले निर्वाचन आयोगमा दर्ता गराएको पत्रमा के छ ? (पत्रसहित)

१ चैत्र २०७७, आईतवार २३:१५


काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह ११ जनाको हस्ताक्षरसहितको पत्र बोकेर निर्वाचन आयोग पुगेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधानविपरीत महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएको भन्दै नेपाल समूह आइतबार ११ जना स्थायी कमिटी सदस्यको हस्ताक्षरसहितको पत्र बोकेर निर्वाचन आयोग पुगेको हो ।

बालुवाटारमा विशेष बैठक भन्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाइएको विषयमा निर्वाचन आयोगलाई जानकारी गराएको नेपाल समूहका नेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

नेपाल समूहले आफैंले बनाएको विधानविपरीत पदाधिकारी हटाउने, नयाँ मानिसहरु नियुक्त गर्ने र जिम्मेवारी हेरफेर गर्ने काम भएको भन्दै आयोगमा निवेदन दिएको हो ।

नेपाल समूहले आयोगमा दर्ता गराएको पत्रमा भनिएको छ, “वैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसला एवम् त्यस आयोगको सूचना विपरीत गरिने कुनै पनि काम कारवाही नेकपा एमालेको वैधानिक व्यवस्था, संगठनात्मक प्रणाली र एकतामाथि आघात पुर्‍याउने र अवैधानिक ठहर्छ । हामी निवेदकसमेत पार्टीका नेताहरु हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकतावद्ध र एकीकृत बनाइ राख्‍न दृढ संकल्पित भएकोले उपर्युक्त वैधानिक व्यवस्था विपरीतको निर्णयलाई आयोगमा विवरण सच्याउन माग भई आएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गर्दै अनधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसला विपरीतका कुनै पनि व्यक्ति विशेष वा गुट विशेषका निर्णयलाई वैधता नदिन हुनका लागि यो निवेदन पेस गरेका छौँ ।”

नेपाल समूहले पत्रमा आफूहरु नेकपा (एमाले ) को २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्यहरु भएको उल्लेख गर्दै भनिएको छ, “सोही धारा बमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम दश प्रतिशत सदस्य समेत मनोनित भईसकेको अवस्था भएकोले हाल पार्टी विधान बमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन । विधानको धारा १४ (ख) अनसार पदाधिकारीहरुको निर्वाचन महाधिवेशनले गर्ने तथ्य पनि स्पष्ट छ ।”

पार्टीको विधानको धारा १३ र १३ (क) बमोजिम पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने नेपाल समूहले पत्रमा भनेको छ ।

उक्त पत्रमा स्थायी कमिटी सदस्यहरु वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीमप्रसाद आचार्य, गोकर्णराज बिष्ट, योगेशकुमार भट्टराई, सदस्य मुकुन्द न्यौपान, सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको विशेष बैठक भन्दै केही दिनअघि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका थिए । उनले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटी सदस्यमा समेत नियुक्त गरेका थिए। त्यस्तै माधव झलनाथ पक्षीय नेताहरुको जिम्मेवारी खोसेर आफू निकटका मानिसहरुलाई दिएका थिए ।

पत्र:

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको