
अब कांग्रेसले नै मुलुकलाई निकास दिन्छ, पार्टीमा आगामी नेतृत्व सबैले स्वीकार्नुपर्छ : देउवा
१ चैत्र २०७७, आईतवार २३:२०
बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आशन्न महाधिवेशनबाट नेतृत्वमा आउने व्यक्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय खेलकुद विभागद्वारा बारामा आयोजित ‘खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता’ उद्घाटन गर्दै १४ औं महाधिवेशनबाट नेतृत्वमा आउने व्यक्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएका हुन् ।
महाधिवेशनमार्फत् कांग्रेस नै नेतृत्वमा आउने भएकाले कसैलाई पनि भेदभाव गर्न नहुने सभापति देउवाको भनाइ थियो । उनले तोकिएकै मितिमा १४ औं महाधिवेशन हुने पनि स्पष्ट पारे ।
मुलुकको अहिलेको राजनीति निकै तरल अवस्थामा रहेको भन्दै सभापति देउवाले कांग्रेसले जिम्मेवार भएर अबको निकास निकाल्ने पनि बताए ।
वर्तमान राजनीतिका विषयमा सबै दलहरुसँग छलफल भइरहेका कारण चाँडै निकास निस्कनेमा उनी विश्वस्त देखिन्थे । कांग्रेसले मुलुकको वर्तमान स्थितिलाई नजिकबाट नियालिरहेको भन्दै सभापति देउवाले अबको निकास कांग्रेसले नै दिने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ