Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

फिलिपिन्सकी क्याट्रिओनाले जितिन मिस युनिभर्सको ताज

२ पुष २०७५, सोमबार ०९:१९


काठमाडौं ।सुन्दरी प्रत्योगिता सम्पन्न भइरहेका छन् । विश्व सुन्दरी प्रतियोगिता सकिए पछि अर्को सुन्दरी प्रतियोगिताको ताजको लागि प्रतिस्पर्धीहरु निकै मेहनेत गरिरहेका थिए । मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जित्न सफल भएकी छन् । थाइल्याण्डकको बैंककमा आज सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । यस अघि पनि तिन पटक फिलिपिन्सको उपाधी हासिल गरेको थियो । प्रतियोगितामा दक्षिण अफ्रिका र भेनेजुयलाका सुन्दरीहरु क्रमश फस्ट र सेकेन्ड रनरअप भए । नेपालको प्रतिनिधित्व गरेकी सुन्दरी मनिता देवकोटाको यात्रा भने टप १० सम्मको मात्र रह्यो । चिनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगितामा आफनो मजबुद प्रतिनिधित्व गरेकी श्रृंखला पनि टप १० सम्म आफनो स्थान सुरक्षित गरेकी थिइन ।

manita Devkota

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने टप १० सम्म मात्रै पुग्न सफल भइन् । यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी श्रृंखला खतिवडा पनि टप १० सम्म पुगेर बाहिरिएकी थिइन् ।अन्तराष्ट्रिय स्तरमा सम्पन्न विभिन्न प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति प्रर्दशन भइरहेको छ । अब निकट भविष्यमा हाम्रो देशमा पनि सुन्दरी प्रतियोगिताको ताज भित्रिन धेरै समय नलाग्ला ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

काठमाडौँ, १७ पुस  : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने

काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व

भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै