Lifestyle Portal
  •   ११ मंसिर २०७९, आईतवार

गच्छदार नभेटिएपछि घरमै टाँसियो विशेष अदालतको म्याद

१ चैत्र २०७७, आईतवार २३:३८

लोकप्रिय

काठमाडौं। तत्कालि भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदार बालुवाटारको ललिता निवासको १२३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा सारिएको प्रकरणमा मुछिएका छन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षकै माघमा ९ करोड विगोसहित मुद्दा दायर गरेको छ।

तर, काँग्रेस उपसभापति तथा संसदीय दलका उपनेतासमेत रहेका गच्छदार अहिलेसम्म विशेष अदालत काठमाडौंमा उपस्थित भएका छैनन्। र विशेष अदालतले उनलाई अदालतमा उपस्थित हुनका लागि दिएको पुर्जी उनलाई थमाउन पनि निकै कष्ट व्यहोर्नु परेको छ।

विशेष अदालत काठमाडौंका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार नभेटिएपछि उनको स्थायी ठेगाना खोजर उनको घरमै म्याद टाँसिएको जानकारी दिए। उनले भने, ‘उहाँ (गच्छदार)लाई फेला पार्न सकिएन। त्यसैले घरमै पुगेर म्याद टाँसिएको छ। घरमा पनि कोही थिएनन्, त्यसैले घरमै टाँसिएको हो।’

विशेष अदालतले गच्छदारको सुनसरी जिल्ला दुवही नगरपालिका वडा नम्बर २ स्थित उनको घरमै म्याद टाँसेको छ। फागुन २३ मा म्याद टाँसिएको प्रवक्ता पाण्डेयले जानकारी दिए। उनका अनुसार १५ दिनको म्याद र बाटो म्याद १५ दिन गरी म्याद टाँसिएको हो। गच्छदार कानुनअनुसार अदालतमा उपस्थित हुने समय अझै १७ दिन बाँकी छ।

यो मुद्दामा मुछिएसँगैं गच्छदार सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन्। उनी काँग्रेसको बैठबमासमेत देखिएका छैनन्। प्रतिनिधिसभामा निर्वाचित सांसद उनी हाल निलम्बनको अवस्थामा छन्। यो प्रकरणमा अख्तियारले १७५ जनाविरु४ मुद्दा दायर गरेको थियो।

ती मध्ये भौतिक योजना मन्त्रालयका तत्कालिन सचिव र पछि अख्तियारको प्रमुखसमेत भइसकेका दीप बस्न्यात पुर्पक्षका लागि थुनामा छन्। अर्का आरोपी भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् भने अर्का तत्कालिन मन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,