
मनीषाको महामृत्युञ्जय मन्त्र
२ चैत्र २०७७, सोमबार ०५:०७
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले महामृत्युञ्जय मन्त्र सार्वजनिक गरेकी छिन् । बिहीबार पाटन दरबार क्षेत्रस्थित पाटन म्युजियमको प्रांगणमा उनले लोकप्रिय सांगीतिक समूह सुर सुधासँग सहकार्य गरेर गाएको महामृत्युञ्जय मन्त्रको भिडियो सार्वजनिक गरेकी हुन् ।
उनले कार्यक्रममा प्रत्यक्ष मन्त्र गाएर सुनाएकी थिइन् । उनलाई गायिका सरस्वती खत्री र सुरेन्द्र सुरसुधाले गायनमा साथ दिएका थिए । कार्यक्रममा मनिषाले आफूलाई तीन वर्षअघि नै गाउने सोच आएको बताइन् । उनले आफूले पहिलोचोटि गाएको भए पनि दर्शकले मन पराएको खण्डमा अन्य गीत पनि गाउने बताइन् । मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जानकारी दिइन् ।
पशुपतिनाथलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलमा छायांकन गरिएको भिडियोमा मनिषाका साथमा सरस्वती खत्री, सुरेन्द्र श्रेष्ठ तथा सुर सुधा ब्यान्डका सदस्यहरुलाई देख्न सकिन्छ । सुरेन्द्र श्रेष्ठको संगीत रहेको महामृत्युञ्जय मन्त्रमा प्रेम रानाले बाँसुरी, सुरेन्द्र श्रेष्ठले तबला, सितारमा राजीव श्रेष्ठ र गितारमा राजीव सुनारले साथ दिएका छन् ।
महामृत्युञ्जयको भिडियोमा अनुप सापकोटाको निर्देशन, परिकल्पना र सम्पादन रहेको छ । महामृत्युञ्जय मन्त्रको भिडियो प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका थिए भने विशेष अतिथिको रुपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले