Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

अमेरिका लोकतान्त्रिक मूल्य मान्यतामा अडीग रहने

२ चैत्र २०७७, सोमबार २१:५१


वासिंटन डीसी। चीनले अल्पसंख्यक उइगर जातिमाथि दमन र हङकङको स्वतन्त्रतामा दमन गरीरहेको बेला अमेरिका लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहने बताएको छ ।

स्रोतः द जेनेभा डेली

चीनले सिन्जियाङ, तिब्बत र हङकङको स्वतन्त्रतामाथि दमन गरिरहेको बेला अमेरिका लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा काम गर्ने अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका हुन्। चीनको सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उइगरमाथि सरकारको दमनको आलोचना गर्दै अमेरिका लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहने प्राइसले बताए। अमेरिकाले शक्तिको हिसाबले चीनलाई प्रतिष्पर्धी मान्ने पनि प्राइसले बताए।

अमेरिका, अष्ट्रेलिया, जापान र भारतबीच भएको सुरक्षा सम्बन्धि संवाद खुला र स्वतन्त्र इण्डो प्यासिफिक कार्यक्रम बारे भएको पनि उनले बताए । इण्डो–प्यासिफिक कार्यक्रमलाई यी चार राष्ट्रले मुख्य प्राथमिकतामा राख्ने उनले बताएका छन् । यी चार राष्ट्रहरु इण्डो–प्यासिफक क्षेत्रमा सार्वभौमिकता, समृद्धी र सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता प्रति प्रतिबद्ध रहने प्रवक्ता प्राइसले बताए।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको