
चीनमा भइरहेको उइगरमाथीको दमन बिरुद्ध क्यानडाको संसदमा प्रस्ताब पेश
१ चैत्र २०७७, आईतवार १९:०१
टोरोन्टो । चीनमा अल्पसंख्यक उइगर मुस्लिम जातिमाथिको दमनलाई नरसंहार घोषणा गर्न सरकारसंग माग गर्दै क्यानडाको तल्लो सदनले गैर–बाध्यकारी प्रस्ताव पेश गरेको छ ।
चीनको सिन्जियाङ प्रान्तमा अल्पसंख्यक उइगर मुस्लिम जातिमाथि सरकारी दमनको आलोचना गर्दै क्यानडाको तल्लो सदनले सरकार समक्ष प्रस्ताब पेश गरेको हो । प्रस्ताबमा मतका लागि प्रधानमन्त्री जस्टिन ट्रुडो र उनका दल लिबरल पार्टीका ६० भन्दा बढी संसद अनुपस्थित थिए । कन्जरभेटीभ ब्लक क्वेबेकोस, न्यु डेमोक्रेटिक पार्टी र ग्रीन पार्टीले प्रस्ताबको पक्षमा मत दिएका छन् । त्यस्तै पाँच स्वतन्त्र संसदहरुले पनि प्रस्ताब पक्षमा मतदान गरेका छन्।
प्रधानमन्त्री ट्रुडो अनुपस्थित रहेको भन्दै कन्जरभेटिभ पार्टीका नेता इरिक ओ टुलले उनको आलोचना गरे। उनले संसदको भावनाको कदर गर्न र सन् २०२२ मा बेइजिङमा हुने वीन्टर ओलम्पीक खेल बहिष्कार गर्न पनि माग गरेका छन्। यसअघि, प्रधानमन्त्री ट्रुडोले नरसंहार शब्द संवेदनशील भएको र यसको प्रयोग गर्दा उचित अन्तर्राष्ट्रिय मान्यता ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रस्ताब गैर–बाध्यकारी भएको र प्रधानमन्त्री ट्रुडोको यस्तो अभिव्यक्तिहरुले प्रस्तावमाथि थप छलफल हुनेमा आशंका व्यक्त गरिएको छ। क्यानडा सरकारले विश्वका अल्पसंख्यक माथिको दमनलाई ध्यानमा राख्दै त्यसबिरुद्ध कारबाहीको लागि आवाज उठाउने सांसदहरुले बताए । चीनको सिन्जियाङमा १० लाख भन्दा बढी अल्पसंख्यक उइगरलाई चिनियाँ सरकारले श्रमशीवीरमा बन्दी बनाइएको भन्दै अन्तराष्ट्रिय मानवअधिकारबादी सस्थाहरुले आलोचना गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन