Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ

४ चैत्र २०७७, बुधबार १५:३५


काठमाण्डौ । नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुरीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएमा उनीहरुसँग नक्कली आधरकार्ड रहेको पाइएको छ ।

उनीहरु चीनबाट काठमाडौं आएका थिए । काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल-भारत सीमा क्षेत्रमा नक्कली आधरकार्ड देखाएर भारत प्रवेश गरेका थिए । उनीहरु त्यहाँबाट हैदराबादका लागि विमान चढ्ने तरखरमा भए पनि उनीहरुमाथि शंका लागेपछि बागडोग्राबाट सीआईएसएफको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरु भारतीयहरुको सम्पर्कमा रहेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी नेपालबाट भारत जाने चिनियाँहरुको संख्या बढ्न थालेको छ ।

चिनियाँहरुले नेपाललाई ट्रान्जिट बनाउन थालेका छन् । यसले एक नयाँ त्रास सिर्जना गरेको छ । काठमाडौंको ठमेल क्षेत्रमा रहने अधिकांश चिनियाँहरुले नेपाली बोल्छन् भने कतिपयसँग नेपाली परिपत्र पनि छ ।

कुनै नेपाली बोल्‍ने र नेपाली परिचयपत्र भएको व्यक्तिले सीमा क्षेत्र हुँदै भारत प्रवेश गर्छ भने खासै शंका गरिँदैन । भारतमा पुगेका यी चिनियाँहरु भारतका विभिन्‍न सैन्य क्याम्प नजिकै बस्छन् । उनीहरु त्यहाँ पनि नाम परिवर्तन गरेर नेपाली नाम राख्‍छन् र सकेसम्म भारतीय रक्षा निकायहरुमा जागिरका लागि अवसर खोज्छन् ।

भारतमा नेपालीहरुलाई निकै विश्‍वास गरिन्छ, जसका कारण नेपालीको नाममा चिनियाँहरुले भारतीय रक्षा निकायमा प्रवेश गरेर सूचनाको जासुसी गर्ने गर्छन् । जुन अति संवेदनशील र गम्भीर विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको