
तान्जानियाको पहिलो महिला राष्ट्रपति बनिन् सामिया
६ चैत्र २०७७, शुक्रबार २१:०३
डार इस सालम । तान्जानियाको पहिलो महिला राष्ट्रपतिको रुपमा सामिया सुलुहु हसनले शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति जोन मागुफुलीको निधनपछि उपराष्ट्रपति सामियाले राष्ट्रपतिको शपथ ग्रहण गरेकी हुन् ।
राजधानी डार इस सालममा आयोजित शपथ ग्रहण समारोहमा कालो सुट र रातो स्कार्फमा सजिएकी सामियाले भनिन्, “म, सामिया सुलुहु हसन तान्जानियाको संविधानको संरक्षण र इमान्दारिताका साथ पालना गर्ने प्रतिबद्धता गर्दछु ।”
शपथ ग्रहणपछि राष्ट्रपतिको रुपमा गरेको पहिलो सम्बोधनमा उनले ६१ वर्षको उमेरमा मृत्यु भएका राष्ट्रपति जोन मागुफुलीको निधनप्रति २१ दिनसम्म शोक मनाउने घोषणा गरेकी छन् भने मार्च २२ देखि २५ सम्म सार्वजनिक बिदा दिने घोषणा गरेकी छन् ।
उनले भनिन्, “अहिले कुरा गर्ने उपयुक्त समय होइन किनकी अहिले हाम्रो मुटुमा ठूलो चोट लागेको छ । मैले आज मेरो जीवनका अहिलेसम्मका भन्दा फरक स्थितिमा शपथ ग्रहण लिएकी छु । यसअघि खुसीका साथ शपथ ग्रहण गर्ने गरेकी थिए । तर, मुलुकको सर्वोच्च पदको शपथ ग्रहण गर्दा हामी शोकमा छौं ।”राष्ट्रपति मागुफुली करिब दुई सातादेखि सार्वजनिकरुपमा देखिएका थिएनन् । तर, दुई सातापछि बिहीबार उनको निधन भएको खबरले मुलुकलाई नै शोकको स्थितिमा पुर्याएको छ ।
तान्जानियानको संविधान अनुसार बहालवाला राष्ट्रपतिको मृत्यु भएपछि बाँकी रहेको कार्यकाल उपराष्ट्रपति रहेको व्यक्तिले नै राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुपर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको