
एनएसएल अक्सनमा आठ खेलाडी महँगो मूल्यमा बिक्री
६ चैत्र २०७७, शुक्रबार २१:३०
काठमाडौं । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजनामा हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को खेलाडी बिक्री (अक्सन) सकिएको छ । शुक्रबार आयोजना गरिएको अक्सन सकिँदा आठ खेलाडी विभिन्न टीममा महँगो मूल्यमा बिक्री भएका हुन् ।
सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की,दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन् ।
‘ए’ श्रेणीमा रहेका उनीहरु अधिकतम मूल्य २ लाखमा अनुबन्धित भएका हुन् । मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्स अनुबन्धित भए ।
डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा अनुबन्ध हुँदा तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् । यस्तै डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीमा अनुबन्धित भए । अक्सनमा कुल १ सय ४९ जना खेलाडीलाई समावेश गरिएको थियो ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
न्युज कारखाना काठमाडौं, १८ पुस लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३१ को नतिजा सुम्पिएको छ । लिभरपुल १७ खेलमा २८ अंकसहित
काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कफ्तान क्रिकेटर सन्दीप लामिछाने कतार एयरवेजको क्यूआर-६४८ नम्बरको
नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका