Lifestyle Portal
  •   २३ मंसिर २०७९, शुक्रबार

स्वास्थ्य मन्त्रालयले भन्‍यो – कोरोना संक्रमण फेरि बढ्न सक्छ, सभा-जुलुस नगर्नू

८ चैत्र २०७७, आईतवार १८:५८

लोकप्रिय

काठमाडौं । पछिल्लो समय छिमेकी भारतलगायतका विभिन्‍न मुलुकहरुमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमण बढ्न सक्ने जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा संक्रमण बढ्नसक्ने अवस्थालाई अवस्थालाई मध्यनजर गर्दै सभा, जुलुस, गोष्ठी नगर्न आग्रह गरेको छ । विशेषगरि पुस ५ गते संसद् विघटनपछि देशभर सभा, जुलुस, सेमिनारलगायतका गतिविधिहरु बढिरहेका छन् ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही हप्तादेखि विश्‍वभर खासगरि छिमेकी देशहरुमा कोभिड-१९ को संक्रमण बढ्दो क्रममा देखिएका छ । नेपालमा समेत संक्रमण बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जनघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न हुन हार्दिक अनुरोध छ ।”

त्यसैगरि सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी गरिएको अन्य जनस्वास्थ्यका मापदण्डहरुसमेत पालना गरि कोभिड-१९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको

नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका माननीय अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २००

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन