नेपाल समूहले बनायो युवा संघको पनि समानान्तर कमिटी (सूचीसहित)


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गर्ने क्रमलाई तीव्रता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएर प्रदेशका इन्जार्च तोक्ने, केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेपछि नेपाल समूह आक्रोशित बनेको छ ।

नेपाल समूहले प्रदेश इन्जार्ज तोक्दै सुरु गरेको समानान्तर कमिटी गठनको कामलाई निरन्तरता दिइरहेको छ ।

चैत ६ गते अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनाएको नेपाल समूहले युवा संघको पनि समानान्तर कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष ओलीले २९ फागुनमा एकपक्षीय राष्ट्रिय महिला भेला गरेपछि नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाएको हो ।

आइतबार नेपाल समूहले नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाइएको छ । क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ ।



Loading comments...