Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

केपी ओली संविधान मास्ने पात्रः प्रचण्ड

८ चैत्र २०७७, आईतवार १९:४०


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान मास्ने पात्रको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार उनले अहिलेको व्यवस्था मन नपाउनेहरूले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रूपमा केपी शर्मा ओलीलाई अगाडि सारेको बताएका हुन् ।

‘हिजोका गणतन्त्र विरोधीको एउटा धार बनेको छ, उनीहरुले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्’ प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादी, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, २०-२५ वर्षदेखि विदेशीबाट पालित पोषित सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन् ।’

प्रचण्डले आफूलाई भने संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धारको रुपमा व्याख्या गरे । गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरू अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको