
७७ वटै जिल्लालाई गृहको निर्देशन- क्वारेन्टाइन र आइसोलेसनहरु तयारी अवस्थामा राख्नू
११ चैत्र २०७७, बुधबार १६:१४
काठमाडौं । छिमेकी भारतलगायतका मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै नेपालमा संक्रमण नियन्त्रणको तयारी सुरु गरिएको छ । यसअघि सभा, सम्मेलन, भेलालगायतका गतिविधि नगर्न सुझाएको सरकारले भारतबाट आउने नेपालीहरुको संख्या बढ्न थालेसँगै क्वारेन्टाइन र आइसोलेसनहरु तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।
कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसनहरु तयारी अवस्थामा राख्न परिपत्र गरेको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिएका छन् ।
उनका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले सोमबार परिपत्र गरेको हो । उनले भने, “सिमानामा स्वास्थ्य चेकजाँच गर्न भनेका छौं । फेरी चाहिन सक्छ है भनेर क्वारेन्टाइन र आईसोलेसन अपडेट गर्न निर्देशन दिएका छौं ।”
एक वर्षअघि सरकारले शैक्षिक संस्था,सरकारी भवन र संघ–संस्थाको भवनमा क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएको थियो । त्यतिबेलाका क्वारेन्टाइन र आइसोलेसनलाई गृह–मन्त्रालयले अपडेट गर्न ७७ जिल्लाका प्रजिअलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो । स्वास्थ्य मन्त्रालयले खतरा औंल्याएपछि गृह मन्त्रालयले परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ ।
सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न प्रजिअहरुलाई निर्देशन दिइएको हो । कोरोनाको खोप अनिवार्य गरेर रेकर्ड व्यवस्थित गर्न पनि प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको