Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

आमिर खान कोरोना संक्रमित, संजय दत्तले खोप लगाए

११ चैत्र २०७७, बुधबार १६:२३


काठमाडौं। बलिउड अभिनेता आमिर खान कोरोनाभाइरसबाट संक्रमित भएका छन् । समाचार एजेन्सी एएनआइका अनुसार आमिर संक्रमित भएको पुष्टि भएपछि होम क्यारेन्टाइनमा बसेका छन् । उनी घरमा नै रहेर सबै प्रोटोकलहरु पालना गरिरहेको बताइएको छ । उनका प्रवक्ताले आमिरको सम्पर्कमा आएका सबैले परीक्षण गराउनुपर्ने बताउँदै उनी अहिले ठिक भएको बताएका छन् । आमिरको स्वास्थ्यको लागि प्रार्थना गर्ने सबैलाई उनले धन्यवाद पनि दिएका छन् ।

 

यस्तै बलिउड अभिनेता संजय दत्तले मंगलबार कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाएका छन् । ६१ वर्षका संजयले भ्याक्सिन लगाउँदै गर्दाको फोटो ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । साथमा उनले डाक्टरको टिकलाई धन्यवाद पनि दिएका छन् । संजयले मुम्बइको बीकेसी जम्बो भ्याक्सिनेसन सेन्टरमा भ्याक्सिनको पहिलो डोज लिएका हुन् ।

 

संजयभन्दा पहिले सैफ अली खान, राकेश रोशन, सतीश शाह, शिल्पा शिरोडकर, जोनी लिभर, मेघना नायडु, शर्मिला टेगोर, नीना गुप्ता, धर्मेन्द्र, कमल हसन, हेमा मालिनी, अनुपम खेर, गजराज राव, परेश रावल, नागार्जुन समेत कैयौं कलाकारले भ्याक्सिन लगाइसकेका छन् । यस्तै आमिरभन्दा पहिले रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चन लगायत कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको