Lifestyle Portal
  •   १५ श्रावण २०७८, शुक्रबार

बैंक अफ काठमाण्डू लिमिटेडको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा संचालनमा

११ चैत्र २०७७, बुधबार २१:१६

ग्राहक महानुभावको सेवालाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैंकिङ्ग बजारमा निकैनै परिचित यस omni channel सेवा यस बैंक अफ काठमाण्डू लिमिटेडका खाता बहाक ग्राहक महानुभाव तथा यस बैंकमा खाता नभएका सम्पूर्ण महानुभावहरुले उपयोग गर्न सक्नुहुनेछ । यस परिस्कृत सेवाले हाल ग्राहक महानुभावहरुले अनुभव गरिरहनु भएको विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकहरुले ग्राहक महानुभावहरुलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ता महानुभावहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।

यस परिस्कृत सेवाबाट ग्राहक महानुभावहरुले विभिन्न माध्यम मार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विधुत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहक महानुभावहरु आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहक महानुभावहरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधीहरुसंग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवर्ड भुलवस विर्सिएमा आफैले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटिएम सेवाहरुको जानकारी लिन, विदेशि विनिमय दरको जानकारी लिन आदी सेवाको उपयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौ, असार २ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको

युवा उद्यमीको समूह “ASAP Car Rental” ले कोरोना संक्रमित तथा संक्रमितहरुलाई नि:शुल्क अस्पताल आउँजाउँ सेवा सुरु गरेको छ । नेपाली

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्‍याउने उद्देश्यले विकास गरेको