
नेता नेपालले ओलीलाई बुझाए प्रश्नसहितको स्पष्टिकरण (पत्रसहित)
१२ चैत्र २०७७, बिहीबार २१:१३
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नसहितको स्पष्टिकरण पत्र बुझाएका छन् । पार्टीले सोधेको स्पष्टिकरणको जवाफ लेख्दै नेता नेपालले ओलीलाई पार्टी एकताले ओलीलाई प्रचण्डको मतियारको रूपमा उभ्याएको बताएका हुन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ वटा प्रश्न गर्दै विधान उल्लंघनको निष्कर्ष निकाल्दै स्पष्टिकरण पत्र लेखेका हुन् । बिहीबार साँझ एमाले पार्टी कार्यालयमा पठाइएको पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टिकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जवाफ दिनुपर्ने आवश्यक रहेकाले स्पष्टिकरण पत्र लेख्नु परेको उल्लेख छ ।
पत्रमा नेपालले ओलीलाई प्रश्न गर्दै भनेका छन्, “केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाइ तपाईंले छलफल किन गराउनु भएन ? यसरी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने तपाईं को गलत मनसाय रहेको छ किन नभन्ने ?”
स्पष्टिकरण पत्रमा भनेका छन्, “नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाई स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो