
अत्यावश्यकबाहेक घरमै राख्नका लागि राहदानी बनाउन नआउनु : विभाग
१२ चैत्र २०७७, बिहीबार २१:२९
काठमाडौं । राहदानी विभागले घरमै राख्नका लागि राहदानी नबनाउन सुझाएको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी गरिने हुँदा अत्यावश्यक भएको अवस्थाबाहेक राहदानी बनाएर घरमा राख्नका लागि मात्र हालको मेसिन रिडेबल राहदानी नबनाउन सुझाएको हो ।
पछिल्लो समय म्या सकिएको भन्दे राहदानी नविकरण गर्नेहरुको संख्या बढ्न थालेपछि विभागले यस्तो सूचना जारी गरेको हो ।
सूचनामा थप भनिएको छ, “धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीको बहाल अवधि सकिन लागेका कारण नविकरण गर्न आउने गरेको पाइयो । चालक अनुमति पत्रजस्तै बहाल अवधि हुँदै राहदानी नविकरण गर्नु नपर्ने, राहदानी नविकरण नभइ नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बखत बनाउन सकिने व्यहोरा अनुरोध गरिन्छ ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार