Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
resham chaudhari

जेलबाटै रेशमले भने – सरकारमा सहभागी हुने कुरा मेरो एकल प्रयासले सम्भव छैन

१२ चैत्र २०७७, बिहीबार २१:४०


काठमाडौं । टीकापुर घटनाका योजनाकार रेशम चौधरीले जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने-नहुने कुरा आफ्नो एकल प्रयासबाट सम्भव नहुने बताएका छन् ।
डिल्लीबजार कारागारमा रहेका रेशमले लेखेको हस्तलिखित एक पत्रमा उनले भनेका छन्, “सरकारमा सहभागी हुने, नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा होइन, त्यो पार्टीको निर्णय होला ।”

उक्त पत्र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो सामाजिक सञ्‍जाल फेसबुकमा राखेका छन् ।

पार्टीले गर्ने निर्णयमा आफू बाधक नबन्‍नेसमेत जनाएका छन् । उनले भनेका छन्, “पार्टीको विधि, पद्धती र प्रक्रियाअनुसार अध्यक्ष महन्थ ठाकुरले काम गरि नै रहनुभएको छ । मेरो दलका अन्य नेताले मप्रति देखाएको सदासयताप्रति म खुसी छु ।”

जनता समाजवादी पार्टीको पूर्वराजपा समूहले रेशम रिहाइको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरिरहेको छ । रेशम रिहाइ, मधेस र थरुहट आन्दोलनका मुद्दा फिर्ता लगायतका माग राखेर जसपाको पूर्वराजपा समूहले सरकारमा सहभागी हुने विषयमा वार्ता गरिरहेको छ ।
दुबै पक्षले वार्ता सकारात्मक भएको बताइरहेका छन् । बुधबार रेशम चौधरीलाई भेट्‍न जसपाका वरिष्ठ नेता राजेन्द्र महतो डिल्लीबजार कारागार पुगेका थिए ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले भने कुनै पनि हालतमा प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्य गर्न नसकिने अडान राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको