Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार

उत्तर कोरियाद्वारा फेरि प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार

१३ चैत्र २०७७, शुक्रबार ०५:५९

लोकप्रिय

प्योयाङ । उत्तर कोरियाले फेरि दुईवटा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अमेरिकी र जापानले जापनी समुद्रतर्फ दुईवटा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएका छन् ।

उक्त मिसाइललाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌ले खतरापूर्ण हतियार भन्दै परीक्षण र प्रक्षेपणमा प्रतिबन्ध लगाएको थियो । जापानले आफ्नो क्षेत्रको समुद्रमा भने नपरेको जानकारी दिएको छ ।

यसअघि एलो सीमा दुईवटा छोटो दूरीका नन-ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । जापानी प्रधानमन्त्री यशोहिडे सुगाले बिहीबार यसले उत्तर कोरिया र क्षेत्रीय रुपमा नै सुरक्षा र शान्तिमा खतरा पैदा गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले भने पछिल्लो ब्यालेस्टिक मिसाइल प्रहारका विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । यसअघि प्रहार गरेका दुईवटा नन-ब्यालेस्टिक मिसाइलका विषयमा भने बाइडेनले आफू कुनै उक्साहटमा नलाग्‍ने बताएका थिए ।

अमेरिकी सुरक्षा संयन्त्रले भने उक्त नन-ब्यालेस्टिक मिसाइल प्रहारलाई समान्य र नियमित भएको बताएको थियो । – बीबीसी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन