
बाइडेनको महत्वाकांक्षी लक्ष्य – १०० दिनमा २० करोडलाई खोप लगाइने
१३ चैत्र २०७७, शुक्रबार ०८:४८
वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरसको खोप आफ्नो प्रशासनको पहिलो १०० दिनमा २० करोड मानिसलाई लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलन गरि बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए ।
बाइडनले भने, “आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौं । मलाई थाहा छ यो लक्ष्य महत्वाकांक्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोब्बर हो । तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन् । र, मलाई विश्वास छ कि हामी यो बाचा पनि पूरा गर्नसक्छौं ।”
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।
करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य संकट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् । यसबारेमा थुप्रै मानिसहरू सामाजिक सञ्जालमा आफ्ना धारणा राखिरहेका छन् ।
हफिङ्टन पोष्टकी वासिङटन ब्यूरो प्रमुख अमान्डा तर्केलले लेखेकी छन्, “आश्चर्य लाग्ने कुरा कोरोना भाइरसबारे कसैले पनि एउटा प्रश्न गरेनन् ।”
बीबीसीका उत्तर अमेरिकाका ब्यूरो प्रमुख पल डनेहरले पनि यसबारे ट्वीट गरेका छन्, “पाँचपाँच लाख (अमेरिकी) हरूको ज्यान गइसकेपछि भएको पहिलो पत्रकार सम्मेलनमा ह्वाइट हाउसका पत्रकारहरूले राष्ट्रपतिसँग कोरोनाभाइरसका बारेमा केही पनि प्रश्न सोधेनन्, जबकी अहिले पनि अमेरिकीलाई यसले सबैभन्दा बढी असर गरिरहेको छ । पत्रकारहरू आममानिसका मुद्दालाई लिएर कति बेखबर हुन्छन् भन्नेबारे योभन्दा राम्रो उदाहरण पाउन गाह्रो हुन्छ ।”
‘राष्ट्रपति सी जिन्पिङको शरीरमा लोकतान्त्रिक हड्डी छैन’
चीनबारे बोल्दै बाइडनले चीनसँग संघर्ष गर्ने आफ्नो कुनै उद्देश्य नरहेको बताए। तर उनले राष्ट्रपति सी जिन्पिङको भने आलोचना गरे । उनले चिनियाँ नेताबारे आफूलाई उपराष्ट्रपति भएकै बेला थाहा भएको बताए ।
बाइडनले भने, “सी जिन्पिङको शरीरमा ‘लोकतान्त्रिक हड्डी’ छैन । तर उनी एकजना चलाख मानिस हुन् ।”
बाइडनले चीन संसारकै सबैभन्दा शक्तिशाली र सबैभन्दा धनी देश बन्न चाहेको तर त्यसो हुन अमेरिकाले नदिने बताए ।
अफगानिस्तानबारे बोल्दै उनले अमेरिकी सेनालाई फिर्ता गर्न मे महिनाको एक तारिखको समयासीमाभित्र नसकिए पनि धेरै समय अमेरिकी सेना त्यहाँ नरहने बताएका ।
उनले भने, “हामी अफगानिस्तान छोडिदिन्छौं। प्रश्न कहिले छोड्छौं भन्ने हो। मे एक तारिखको समयसीमाभित्र हामीले फिर्ता नगर्न सक्छौँ तर हामी धेरै समयसम्म त्यहाँ रहँदैनौं ।” – बीबीसी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,