Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

‘…किरेमिरे जाले रुमाल’ गीतका सर्जक तथा गायक श्रेष्ठको निधन

१३ चैत्र २०७७, शुक्रबार ०८:५१

लोकप्रिय

काठमाडौं । ‘किरेमिरे जाले रुमाल’ गीतका सर्जक तथा गायक टिका बहादुर श्रेष्ठको निधन भएको छ। म्याग्दीबाट बसाईसराई गरेर रुपन्देही गएका श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको हो।

‘बेनीको बजार, जता माया उतै छ नजर…’ गीतबाट बेनीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन श्रेष्ठको ठूलो हात रहेको छ।

जनजिब्रोमा रहेको उक्त गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो। रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो।

श्रेष्ठकी श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ ।

मिर्गौलाको समस्याबाट पीडित श्रेष्ठले नियमितरुपमा डायलासिस गराईरहेका थिए।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ