
ओली झनै शक्तिशाली : नेपाललगायत नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी
१३ चैत्र २०७७, शुक्रबार ०८:५६
काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन् । ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।
ओलीले फागुन २८ गते माधव नेपाललगायत नेतालाई नबोलाइ केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधन प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गराएका थिए ।
त्यसपछि दुईवटा बैठकले विधान संशोधन नेपाललगायत चार नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका थिए ।
नेपाल समूहले समानान्तर कमिटी गठन गरी ओली समूहलाई चुनौती दिने र अन्तरसंघर्ष गर्ने नीति लिइरहेका बेला ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका थिए । उनी यतिबेला नेपाल लगायतका नेताहरुलाई पार्टीबाटै निष्कासन गर्ने तयारीमा छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा